नियम ३८
भुक्तानी म्यादको रकममा लाग्ने व्याज र सूचना पठाउने
(१) ऐनको अधीनमा रही कुनै शेयरहोल्डर वा ऋणदाताले कुनै भुक्तानी म्यादको तिर्नुपर्ने रकम तोकिएको मिति सम्ममा पनि नतिरेमा सो वापत निजले तोकिएको मितिले वास्तविक भुक्तानी भएको मिति सम्मको वर्ष १ को ५ प्रतिशतका दरले व्याज तिर्नु पर्छ ।
(२) तिर्नु पर्ने रकम तोकिएको मिति सम्ममा पनि नतिरेमा उपनियम (१) बमोजिमको दरले हुन आउने व्याज र सो रकम भुक्तानी नगरिए वापत तत्कालसम्म हुने सबै खर्चहरूका लागी यसरी भृुक्तानी नगरी बा“की राखेको जुनसुकै बखत कर्पोरेशनले जम्मा एकमुष्ट तिर्ने गरी त्यस्तो शेयरहोल्डर वा ऋणदातालाई सूचना पठाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम सूचना पठाउ“दा तिर्नु पर्ने रकमको भुक्तानी म्याद पठाएको मितिले कमसेकम १४ दिन पछिको मिति, स्थान र कुन व्यक्ति छेउ भुक्तानी गर्नु पर्ने हो सो उल्लेख गरिनेछ । सो बमोजिम भुक्तानी नगरेमा तत्सम्बन्धी ऋणपत्रमा व्याज नदिइने र समितिले निर्णय गरे बमोजिमको रकम कट्टा गर्न सक्ने कुराको समेत उल्लेख सोही
सूचनामा लेखिनेछ ।
(४) उपनियम (१) बमोजिम लागेको व्याजको सम्बन्धमा समितिले मनासिब देखेका केही अङ्क तिर्न नपर्ने गरी निर्णय गर्न सक्नेछ ।